Logo

कर्पोरेट-बजार

सेबोन अध्यक्षका तीन उम्मेदवार अन्तर्वार्ताका लागि आज पनि उपस्थित भएनन्


GDP नेपाल
   ६ असार २०८१, बुधबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रियाको सर्टलिस्टमा परेका ३ जना उम्मेदवार कार्यप्रस्तुती तथा अन्तर्वार्ताका लागि आज पनि उपस्थित भएनन् ।

सर्टलिस्टमा परेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्ताका लागि उपस्थित भएका छैनन् ।

अन्तर्वार्ताका लागि उनीहरुलाई असार ५ गतेका बिहान ९ बजे डाकिएको थियो । यसअघि सर्टलिस्टमा परेका ५ उम्मेदवारलाई असार २ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि राष्ट्रिय योजना आयोगको सभाहलमा बोलाइएको थियो।

उक्त दिन धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र सहभागी भएका थिए । आज पनि अन्य तीन जना उम्मेदवार अन्तर्वार्ताका लागि उपस्थित नभएपछि यो प्रक्रिया नै रद्द हुने सम्भावना देखिएको छ ।

प्रकाशित : ६ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह