Logo

बैंक / बिमा /शेयर

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ७ असार २०८१, बिहिबार


काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ६२ हजार ४२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमध्ये ४ लाख २३ हजार ७२५ कित्ता सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

यस्तै, बाँकी १ लाख ३८ हजार ७७० कित्ता सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । उक्त सेयरका लागि इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु सक्नेछन् ।

तोकिएको समयमा उक्त सेयर बिक्री नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह