Logo

बैंक / बिमा /शेयर

बजारबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


GDP नेपाल
   ७ असार २०८१, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रिय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्ने भएको हो ।

उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३ बजेसम्म हुने बैंकले जनाएको छ ।

बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने छ ।

साँवा र ब्याज भुक्तानी मिति असार २० गते निर्धारण भएको छ भने यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह