Logo

कर्पोरेट-बजार

श्री रिद्धि सिद्धि ज्वेलर्सले अवैध सुन कारोबार गरेको संघहरुको दाबी, छानबिन गर्न माग


GDP नेपाल
   ७ असार २०८१, बिहिबार


काठमाडौँ । बिशाल बजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले अवैध सुन कारोबार गरेको दाबी गर्दै सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउन अभियानले छानबिनको माग गरेको छ ।

बिहिबार सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउन अभियानमा आबद्ध सात वटा संघहरुले रिद्धि सिद्धि ज्वेलर्सको कारोबारमाथि प्रश्न उठाउँदै सो कम्पनीको कारोबार छानबिन गर्न माग गरेका हुन् ।

उक्त कम्पनीको वैधानिक खरिद र कुल वार्षिक कारोवारको अंकवीच अपत्यारिलो भिन्नता देखिएको जनाउँदै संघले छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायत अन्य सम्बन्धित निकायलाई समेत पत्राचार गरिसकेको जानकारी दिएको छ ।

यस्तै, पछिल्लो समय सो कम्पनीले ल्याएको ७ प्रतिशत ज्याला जर्ती शुल्कमा प्रश्न उठाउँदै संघले वैध मार्ग तथा बैंकबाट खरिद गरिएको सुनबाट कुनै हालतमा ७ प्रतिशत ज्याला जर्तिमा गरगहना निर्माण गर्न नसकिने दाबी समेत गरेको छ ।

“अवैध मार्गबाट भित्र्याइएको सुन तथा विदेशमा मेसिन निर्मित गरगहनाहरुमा मात्र कमभन्दा कम ज्याला जतमा गहना निर्माण गर्न सम्भव छ । वैध मार्ग तथा बैंकवाट खरिद गरिएको सुनबाट कुनै हालतमा पनि ७ प्रतिशत ज्याला जर्तिमा निर्माण गर्न नसकिने कुरा अवगत गराउन चाहन्छौं । हामी प्रश्न गर्न चाहन्छौं- उक्त कम्पनीले सुन खरिद कहाँबाट गर्छ ? यसको छानविन आवश्यक छ । उक्त कम्पनीको वैधानिक खरिद र कुल वार्षिक कारोवारको अकवीचको अपत्यारिलो भिन्नताले अवैध स्रोतबाट प्राप्त सुनकै कारण श्री रिद्धिसिद्धि ज्वेलर्स वर्षौंदेखि चल्दै आएको तथा उपभोक्ता, व्यवसायी र नियामक निकाय समेतले स्वीकार गरेको अभ्यास विपरीत कम जर्ती लिएर विक्री गर्न सक्ने अवस्थामा पुगेको हाम्रो निष्कर्ष छ । तसर्थ उक्त कम्पनीको कारोबारको छानविन गर्न हामीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, वाणिज्य विभाग राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायत अन्य सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जानकारी गराउँदछौं,” विज्ञप्तिमा भनिएको छ “सरकारले काँचो सुन आयातमा लाग्ने भन्सार महशुल १५ बाट २० प्रतिशत पुयाएपछि नेपालमा भन्दा भारतमा सुन सस्तो भएको छ । यही मौकामा श्री रिद्धिसिद्धि ज्वेलर्सले विदेशी गरगहना अवैध वाटोबाट ल्याएर कम जर्तीमा बेचेको हुन सक्ने आशंका छ । शंकास्पद कारोवारको छानविन हुने डरले भएको स्टक सिध्याएर यो व्यवसायवाटै पलायन भई विदेसिने मनसायले यस्तो आत्मघाती कदम चालेको हुनुपर्ने हाम्रो निष्कर्ष छ ।” 

प्रकाशित : ७ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह