Logo

बैंक / बिमा /शेयर

बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


GDP नेपाल
   ८ असार २०८१, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रिय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत आज पनि ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।

बैंकले बिहिबार मात्रै बजारबाट ५० अर्ब रुपैयाँ तानेको थियो । बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति असार २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित : ८ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह