Logo

अर्थनीति

११ महिनामा १४ खर्बको वस्तु आयात, १३ खर्ब व्यापार घाटा


GDP नेपाल
   ८ असार २०८१, शुक्रबार


काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख बराबरको वस्तु आयात भएको छ । गत वर्षको यसै अवधिको तुलनामा आयात १.८४ प्रतिशतले घटेको हो । गत वर्ष १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख बराबरको वस्तु आयात भएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको विवरणअनुसार यस अवधिमा निर्यात पनि ३.०१ प्रतिशतले घटेको छ । गत वर्षको जेठ मसान्तसम्ममा १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको निर्यात भएकोमा यस वर्षको सोही अवधिसम्म १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यस अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

आयात र निर्यात दुवै घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ।

विभागका अनुसार जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

प्रकाशित : ८ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह