Logo

मुख्य समाचार

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन


GDP नेपाल
   १० असार २०८१, आइतबार


काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो।

समितिमा संसद सचिवालयका महासचिव पाण्डेय र अर्थ मन्त्रालयका सचिव मरासिनी सदस्य रहनेछन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुनमन्त्री गिरी, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधु कुमार मरासिनी सहितको समिति गठन गरेको छ । समितिलाई सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न जिम्मा दिइएको शेखर अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल समेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, मुख्य सचिव बैकुण्ठ अर्याल लगायत उपस्थित थिए ।

 

प्रकाशित : १० असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह