काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया