Logo

बैंक / बिमा /शेयर

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच असार २७ देखि एकीकृत कारोबार सुरु हुने


GDP नेपाल
   १० असार २०८१, आइतबार


काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुवै कम्पनीले ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।

कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ ।

प्रकाशित : १० असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह