Logo

अर्थनीति

नेपाललाई भारतले २५ हजार टन चिनी दिने, १९ हजार टन तत्काल ल्याइने


gdpnepal
   १० असार २०८१, आइतबार


काठमाडौं । नेपालमा चाडपर्वको बेला चिनी अत्यधिक खपत हुने भएकाले चालू वर्षमा पर्वअगावै चिनी आयात गर्ने प्रक्रिया अघि बढेको छ ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट १९ हजार टन तत्काल ल्याउने तयारी अघि बढाएको हो ।

भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाए पनि नेपाललाई भने २५ हजार टन चिनी बिक्री गर्ने सहमति गरेको छ । सोही अनुसार सरकारले निजी क्षेत्रमार्फत चिनी ल्यााउन लागेको हो ।

भारत सरकारबाट नेसनल कोअपरेटिभ एक्सपोर्टस् लिमिटेड इन्डियामार्फत बिक्री गर्ने गरी नेपाललाई २५ हजार टन चिनी निर्यात अनुमति कोटा प्रदान गरिएको छ । जसमध्ये १९ हजार टन चिनी कच्चा पदार्थको रुपमा प्रयोग गर्ने इच्छुक उद्योगहरुका लागि प्रस्ताव आह्वान गरिएको हो ।

आवेदकले भौतिक तथा डिजिटल माध्यममार्फत आवेदन दिन सकिने जनाइएको छ । उद्योगले दर्ता नम्बर, दर्ता भएको निकाय र दर्ता मिति तथा उद्योगको स्किम अनुसार वार्षिक खपत परिमाण उल्लेख गर्नुपर्ने जनाइएको छ ।

यस्तै, गत वर्षको खपत परिमाण, कोटा अन्तर्गत आयात गर्न इच्छुक परिमाणः हाल उद्योग सञ्चालनमा रहे नरहेको अवस्थालगायत उल्लेख गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित : १० असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह