Logo

बैंक / बिमा /शेयर

निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला


GDP नेपाल
   ११ असार २०८१, सोमबार


काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

बैंकले १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रकाशित : ११ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह