Logo

मुख्य समाचार

नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु


GDP नेपाल
   १२ असार २०८१, मंगलबार


काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु भएको छ ।

बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसकेका छन् । यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गरेका छन् ।

बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोग लगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।

बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई सिघ्र सम्पन्न गर्नेबारे समेत छलफल हुने परराष्ट्रले जनाएको हो ।

यसैबीच तीन दिने नेपाल भ्रमणमा रहेका वेइडोङले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हिजो साँझ भएको भेटमा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री सुनबीच नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत शिष्टाचार भेटवार्ता गर्ने छन् ।

संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।

 

 

 

प्रकाशित : १२ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह