Logo

मुख्य समाचार

सरकारले ल्याएका सबै विधेयकहरु ठिक छ भन्दै लाल मोहर लगाउने प्रवृति गलत: थापा


GDP नेपाल
   १४ असार २०८१, बिहिबार


काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सरकारले ल्याएका सबै विधेयकहरुमा सबै ठिक छ भन्दै लाल मोहर लगाउने हो भने समितिको औचित्य नहुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति थापाले सरकारले ल्याएका विधेयकहरुमा रहेका समस्या, गल्ती र कमजोरीलाई सच्याउने दायित्व समितिको भएको बताएका हुन् ।

सरकारले ल्याएका विधेयकहरु सबै ठिकै छन् भन्ने प्रवृति गलत भएको उनको भनाइ छ ।

उनले भने, ‘सरकारले जे जे विधेयक ल्याउँछ, त्यसमा लाल मोहर लगाउने हो भने हामी बैठक बसौं एकै दिनमा छाप लगाएर पठाइदिए हुन्छ । यसमा के–के समस्या, गल्ती, कमजोरी छ त्यसलाई सच्याउँने समितिको दायित्व हो । समितिले सरकारले ल्याएका कुराहरुमा गल्ती छ भने फिर्ता पनि गर्न सक्छ । जे जे सरकारले ल्याएको छ त्यो ठिकै छ भनेर छलफल नै नगर्नु पनि भएन । जे निर्देश छ त्यही अनुसार पालना गर्ने विधिले पनि यो देश बिग्रिरहेको छ ।’

देश चलाउने जिम्मेवारी समितिहरुको समेत रहेको उल्लेख गर्दै थापाले सरकारले भनेको सबै कुरा मान्नैपर्ने जरुरी रहेको बताए ।

उनले भने, ‘यो देश चलाउने जिम्मेवारी हाम्रो पनि हो, भन्ने कुरा सोच्नु पर्छ । प्रधानमन्त्रीले के भन्छ र मन्त्रीले के भन्छ भनेको भरमा देश चलाउने कुरा पनि ठिक होईन् । यसमा सरकारले ल्याएको कुराभन्दा पनि बढि तपाइहरुको विज्ञता चाहियो । यो मुलुकलाई कसरी अगाडि लाने, कसरी यो मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई पनि सोच्नुपर्छ । यो सरकारको प्रतिनिधित्व गरेका छौ, सबै कुरा सरकारले भनेको कुरा मान्नु पर्छ भन्ने हुदैँन् ।’

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नगरिकन समितिबाट विदा नहुने उनको दाबी थियो ।

उनले भने, ‘यो विश्व विद्यालयलाई टेबुल गर्नुपर्छ, यो विद्यालय शिक्षालाई टेबुल नगरेसम्म म यहाँबाट विदा हुन्न । सबै साथीहरुले साथ दिनुभयो भने हुन्छ । मन्त्रीज्यूले पनि यसको लागि समय निकाल्नुपर्छ । एक दिनमा दुइ घण्टा बैठक बसेपछि यो विधेयक कहिले जाने हो, कति वर्षसम्म जाने हो । हामीले यो विधेयकलाई जसरी भएपनि संसदभित्र प्रवेश गराउनु पर्छ ।’
त्यस्तै, शिक्षामन्त्री सुमना श्रेष्ठले पनि काम अनुसार क्षमता भएको व्यक्तिलाई मात्र जिम्मेवारी दिएमात्र समस्याहरुको हल हुन सक्ने बताइन् ।

उनले भनिन्, ‘कुलपति र सहकुलपति बनेर मात्र फरक हुने होइन्, यो काम के हो त्यो काम गर्नको लागि क्षमता के चाहिन्छ भनेर हेरौं । त्यसरी गयौं भने समाधान हुदैँ जान्छ, होइन् भने यसको समाधान हुदैँन् । काम अनुसार मान्छे खोज्ने हो, त्यो मान्छेले त्यो काम गर्न सक्छ कि सक्दैँन् ।’

प्रकाशित : १४ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह