काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेद नपरेमा सो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया