Logo

अर्थनीति

देशमा आर्थिक स्थायित्व बढाउने गरी मौद्रिक नीति ल्याउँछौं: गर्भनर


GDP नेपाल
   २८ असार २०८१, बिहिबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको समग्र आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।

बिहीबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान)ले काठमाडौंमा आयोजना गरेको आगामी मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा उनले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल गर्ने र वित्तिय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका हुन् ।

उनले भने,‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै गर्दा देशको समग्र आर्थिक स्थायित्व कसरी बढाउन सकिन्छ भन्ने नै हो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ, वित्तिय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ, सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ भनेर नै तयारी गरिरहेको छौं । जसले गर्दा बैंकिङ् सिस्टमहरु आकर्षक बनाउन सकुन भन्ने हो ।’

उनले बिदेशी मुद्रा कुनैपनि चाहिएको बेला अप्ठ््यारो नपरोस् भनेर बाह्य क्षेत्रलाई कसरी सवल बनाउने भन्नेतर्फ पनि ध्यान दिएको जानकारी दिए ।

प्रकाशित : २८ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह