Logo

बैंक / बिमा /शेयर

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २९ असार २०८१, शुक्रबार


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३७ प्रतिशत नगद गरी कुल १४.७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ । हाल नेसनल लाइफ इन्सुरेन्स कम्पनीको चुक्त पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ रहेको छ ।

उक्त पुँजीमा ४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बोनस वितरणपछि पुँजी ५ अर्ब २१ करोड २१ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २९ असार २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह