Logo

कर्पोरेट-बजार

पूँजी बजारको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्ने अर्थमन्त्रीको प्रतिबद्धता


GDP नेपाल
   १ श्रावण २०८१, मंगलबार


काठमाडौँ । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् ।

एशोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको पदाधिकारी टोलीले अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

सो भेटमा एशोसिएसनका तर्फबाट अध्यक्ष ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे ।

त्यस्तै, मन्त्री पौडेलले पूँजी बजार प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियता पूर्वक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : १ श्रावण २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह