Logo

बैंक / बिमा /शेयर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   २१ श्रावण २०८१, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी रियाल एकको खरिद दर ३५।६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७९ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९।७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९।८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह