Logo

बैंक / बिमा /शेयर

एनआइसी एसियाको स्वामित्वमा रहेको ११ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २२ श्रावण २०८१, मंगलबार


काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न कम्पनीमा रहेको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यस्तै, बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ८३३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यसका साथै, बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ र सूर्यज्योति लाइफ इन्सुरेन्सको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । सूर्योदय वोमीको सेयरमा लगानीकर्ताले न्यूनतम ३९९ र सूर्यज्योति लाइफको सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।


चार कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरमा साउन २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रकाशित : २२ श्रावण २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह