Logo

बैंक / बिमा /शेयर

नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ जारी गर्दै, निष्कासन प्रबन्धकमा एनआईएमबी एस क्यापिटल


GDP नेपाल
   २३ श्रावण २०८१, बुधबार


काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

यसका लागि कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरिसकेको छ ।

सम्झौतामा निष्कासन कम्पनी तथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सीईओ मृगेन्द्रनाथ रिमाल र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह