Logo

बैंक / बिमा /शेयर

४४.१९ प्रतिशतले बढ्यो एक्सेल डेभलपमेन्ट बैंकको नाफा


GDP नेपाल
   २३ श्रावण २०८१, बुधबार


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४४.१९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर ११ करोड २९ लाखमा झरेको छ । यस्तै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने क्रमशः २३.४१ प्रतिशत र १६.१६ प्रतिशतले घटेको छ ।


बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । रिर्जभ कोषमा ९० करोड ३५ लाख रुपैयाँ रहेको छ ।

यसको प्रतिसेयर आम्दानी सामान्य बढेर ५ रुपैयाँ ९१ पैसा (वार्षिक) कायम रहेको छ । एक्सेलको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४६ पैसा छ ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह