Logo

बैंक / बिमा /शेयर

महिला लघुवित्तको नाफा ५३१ प्रतिशतले बढ्यो


GDP नेपाल
   २७ श्रावण २०८१, आइतबार


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ५३१.०३ प्रतिशत खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले ९ करोड ४ लाख ८३ हजार रुपैयाँ नाफा गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष १ करोड ४३ लाख ३९ हजार रुपैयाँ मात्रै थियो ।


गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज ९ करोड ६२ लाख २७ हजार रुपैयाँबाट घटेर ६ करोड ३७ लाख ३८ हजार रुपैयाँ ऋणात्मक भएको छ ।

यससँगै कम्पनीको सञ्चालन नाफा पनि ५०३.३३ प्रतिशतले बढेर १२ करोड ९२ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष २ करोड १४ लाख २२ हजार रुपैयाँ थियो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी भने १३.४६ प्रतिशतले घटेर २२ करोड ८४ लाख ८८ हजार रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्ष २६ करोड ४० लाख ११ हजार रुपैयाँ थियो ।

कम्पनीको कुल सञ्चालन आम्दानी पनि सामान्य १.२७ प्रतिशतले घटेर ३१ करोड २८ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।


६ करोड २२ लाख ५२ हजार रुपैयाँ वितरणयोग्य नाफा भएको यस कम्पनीको चुक्ता पूँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको रिजर्भको आकार १५.५२ प्रतिशतले बढेर २० करोड १० लाख ३९ हजार रुपैयाँ पुगको छ भने रिटेन्ड अर्निङमा ६ करोड ८० लाख ८४ हजार रुपैयाँ छ ।


गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६.५९ रुपैयाँबाट बढेर ४१.५९ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २२३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४८.९३ गुणा र तरलता अनुपात ६.५० प्रतिशत छ ।

कम्पनीको खराब कर्जा पनि ५.६९ प्रतिशतबाट घटेर ३.०२ प्रतिशतमा झरेको छ ।
गत वर्ष कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा १७.४२ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड १३ लाख ८८ हजार रुपैयाँ र निक्षेप संकलन १०.१० प्रतिशतले बढेर १ अर्ब ५७ करोड ३७ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित : २७ श्रावण २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह