काठमाडौं । आशा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले १ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो वर्षको तुलनामा लघुवित्तको नाफा ४० हजार ५०० प्रतिशत धेरै हो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ८९.९६ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३३९.०२ प्रतिशतले बढेको छ । चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको आशाको जगेडा कोषमा २५ करोड ५७ लाख रुपैयाँ जम्मा रहेको छ ।
कम्पनीको वितरणयोग्य नाफा भने १४ करोड ५१ लाख रुपैयाँ रहेको छ । आशाको प्रतिसेयर आम्दानी पनि ०.४ पैसाबाट बढेर ९ रुपैयाँ ३७ पैसा (वार्षिक) कायम भएको छ ।
यसको प्रतिसेयर नेटवर्थ १६२.४८ रुपैयाँ छ । एनपीएल ४.८१ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया