Logo

बैंक / बिमा /शेयर

सूर्यज्योति लाइफ इन्स्योरेन्स नाफा १४६ प्रतिशतले बढ्यो


GDP नेपाल
   २८ श्रावण २०८१, सोमबार


काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष यसै अवधिको तुलनामा कम्पनीको नाफा १४६.०३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल आम्दानी ३०.१८ प्रतिशत बढेको छ भने खुद आर्जित बीमाशुल्क २७.५२ प्रतिशत बढेको छ । यसको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ ।


कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह