काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ३०.८१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको खुद बिमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ ।
कुल आम्दानी १२.३४ प्रतिशतले बढेर ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । बिमा कोषको आकार १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ भन्दा धेरैको छ ।
चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ ।
प्रतिक्रिया