काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ८.१८ अंकले घटेर दुई हजार ९२३.४६ विन्दुमा पुगेको छ ।
विकास बैंक ७६, होटल तथा पर्यटन १५३, हाइड्रोपावर १३, निर्जीवन बीमा १४५, अन्य १८, माइक्रोफाइनान्स ६२ र उत्पादन उपसमूह ११५ अंकले घटेको छ । यस्तै, बैंकिङ ७, फाइनान्स ५७, ब्यापार २ र जीवन बीमा उपसमूह ७९ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्स कम्पनीका सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३३२ कम्पनीको ५ करोड २७ लाख कित्ता सेयर २१ अर्ब ५१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया