Logo

बैंक / बिमा /शेयर

एक वर्षमा नेपाल भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स


GDP नेपाल
   २ भाद्र २०८१, आइतबार


काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिटेन्स) १६.५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्न्स भित्रिएको छ । अमेरिकी डलर विप्रेषण आप्रवाह साढे १४ प्रतिशतले बढेर १० अर्ब ८६ करोड डलर पुगेको छ ।

रेमिट्यान्स बढे पनि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने सामान्य घटेको छ ।

गएको आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३७ हजार जनाले घटेर चार लाख ६० हजार एक सय जनामा झरेको छ ।


यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार जनाले बढेर दुई लाख ८१ हजार दुई जना पुगेको छ ।

प्रकाशित : २ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह