काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख १५ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा अन्य संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया