Logo

मुख्य समाचार

छानबिन समितिको प्रतिवेदनप्रति मन्त्री सशंकित


GDP नेपाल
   १३ भाद्र २०८१, बिहिबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।

बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटना पछि छानबिन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन् रु त्यसबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘छानबिन समिति बन्ने गरेका छन् । बनेका छानबिन समिति कत्तिको सत्य,तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ । उनले अगाडि भने,‘यदि दिएका प्रतिवेदन तथ्य फरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन ?’

उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए ।

प्रकाशित : १३ भाद्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह