Logo

अर्थनीति

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो


GDP नेपाल
   १६ भाद्र २०८१, आइतबार


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले आइतबार बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।

त्यस्तै, एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।

अब काठमाडौँमा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह