Logo

अर्थनीति

नेपालमा पढ्नलेख्न जान्नेको संख्या दुई करोड तीन लाख


GDP नेपाल
   २३ भाद्र २०८१, आइतबार


काठमाडौं । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् ।

पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् ।

सरकारले पहिलो पटक २०६५ सालमा निरक्षर अभियानको सुरुवात गरेको थियो । तर अभियान प्रभावकारी देखिएको छैन् ।

‘बहुभाषिक शिक्षाको प्रवर्धन: पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आइतबार ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा अभियानको समिक्षा सुरु भएको छ ।

साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह