काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी नदिने बताएसँगै विभिन्न अड्कलबाजी सुरु भएको छ ।
बुधबार मध्यरातमा फेसबुक लाइभ गर्दै उनले उम्मेदवारी नदिने घोषणा गरे पनि केही संकेत गरेसँगै उनी मैदानबाट पछि नहटेको संकेत गरेका छन् । उनले घोषणामा भनेका छन्– चुनाव नलड्नु भनेको चालकको सिटबाट पछडि सरेकोमात्रै हो, आवश्यक परेमा ड्राइभिङ सिटमै फर्कनेछु ।
भट्टले पुनः उम्मेदवारी दिने चर्चा निकै थियो । अघिल्लो चुनावमा अर्का उपाध्यक्ष कुमार पन्तसँग भद्र सहमति गरेका भट्ट सहमतिबाट पछि हटेको आरोप लागिरहेको थियो ।
तर, बुधबार मध्यरातको घोषणासँगै उनले एक तिरबाट दुई शिकार गरेको टिप्पणी गर्न थालिएको छ । असोजमा हुने नयाँ निर्वाचनका लागि अहिले उम्मेदवारी नदिने घोषणा गरेर पछि भने साथीहरुको आग्रह टार्न नसकेको भन्दै उनले उम्मेदवारी दिनसक्ने जनाइएको छ ।
यद्यपि अध्यक्ष भट्टले एनआरएनएको मर्यादा, नयाँ आकांक्षीको चाहानाबमोजिम योग्य रहेका जसले पनि चुनाव लड्नसक्ने बताए । उनले पुनः अध्यक्षमा उठ्ने परम्परालाई आफूले अन्त्य गर्न चाहेको बताए ।
एनआरएनएको अभियानलाई लक्ष्यअनुसारको दिशामा लैजान विभिन्न परियोजनामा गरेका कामहरूको स्मरण गर्दै आपूmले भवन भट्ट भएर संस्था सञ्चालन नगरेको उनले बताए ।
एनआरएनए चुनाव नलड्ने बताए पनि उनले संस्था सञ्चालनमा पछाडि बसेर काम गर्ने बताए । तर, उनले संस्थालाई सोचेअनुसार लक्ष्यमा डो¥याउने परिस्थिति आए पछाडिको सिटबाट अगाडि नै आएर संस्था हाँक्ने बताए ।
“चुनाव नउठ्ने निर्णय आफ्नो स्वःस्पूmर्त सोच र एक संस्कारका लागि हो,” भट्टले भने, “यो गरिमामय संस्थाको निमित्तमात्र हो । पद, नातावाद, लोभ र भोगबाट हामी माथि उठ्नुपर्छ ।” धेरै साथीले थप दुई वर्षको निरन्तरताको जोड गर्दागर्दै आफूले यही उदाहरणका लागि छोड्न चाहेको उनको भनाइ छ ।
उनले अध्यक्षमात्रै ‘टप लिडरसीप’ नभएको जनाउँदै पदभन्दा बाहिर रहेर पनि संस्थालाई अझ उचाईमा लैजाने बताए । “यहाँ (एनअनरएनए) मा कैयौं भवनहरूले अवसर पाउनु पर्छ,” उनले सन्देशमा भने, “परिवार, लोभ, मोहबाट माथि उठ्न मैले त्यो अन्त्य गरेको छु ।
धेरै साथीहरूले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु ।” उनले चुनाव नलड्नु चालकको सिटबाट पछडि सरेकोमात्रै भएको तर बसबाट ननिस्केको उल्लेख गर्दै आवश्यकताअनुसार चालक बन्नसक्ने बताए । भट्टले आपूm साहसपूर्ण नेतृत्वको खोजीमा रहेको जनाउँदै एनआरएनलाई कसैले दायाँबायाँ गर्न खोजे आफू चुप लागेर नबस्ने पनि बताए ।
यस्तै, भट्टले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबै सञ्चारकर्मी, संघसंस्था, नेपाल सरकार, र राजनीतिक दललगायतलाई पनि धन्यवाद दिए ।
सन्देशमा भट्टले आसन्न चुनावका लागि कसैले पनि आधिकारिक रुपमा उमेदवारीको घोषणा नगरेका कारण नयाँ नेतृत्वका लागि कसलाई सहयोग गर्ने भन्ने बारे भने केही उल्लेख गरेका छैनन् ।
प्रतिक्रिया