Logo

बैंक / बिमा /शेयर

बैंकिङ प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक


GDP नेपाल
   २३ भाद्र २०८१, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

२१ दिनका लागि तान्न लागेको उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गर्ने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ ।


बैंकहरूले घटीमा १० करोड रुपैयाँ राख्ने गरी अनलाइन फारम भर्न पाउने छन् । बैंकहरूमा अहिले ७ खर्बभन्दा बढी रकम कर्जा लगानीका लागि छ । तर कर्जाको माग नभएपछि बजारको सन्तुलन कायम गर्न राष्ट्र बैंकले बेलाबेला निक्षेप खिच्दै आएको छ ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह