काठमाडौँ । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने छ।
तोकिएको समयमा सेयर खरिद आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया