काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।
तोकिएको समयभित्र सेयर खरिद आवेदन नपरेमा सो सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया