Logo

बैंक / बिमा /शेयर

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


GDP नेपाल
   २६ भाद्र २०८१, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि थप ४० अर्ब तरलता खिच्ने भएको हो ।

बोलकबोलमा मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत सहभागी हुन सकिनेछ । यसको सावाँ र ब्याज भुक्तानी असोज १६ गते हुनेछ । ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । यस अघि गत आइतबार निक्षेप संकलनमा भएको बोलकबोलमा औसत ब्याजदर २.९४९७ प्रतिशत कायम भएको थियो ।

आज हुने बोलकबोलमा बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी बोलकबोल हुने रकमसम्मको आवेदन दिन सक्नेछन् ।


उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा बजार ब्याजदरलाई व्यवस्थित गर्न आवश्यकता अनुसार राष्ट्र बैंकले आफ्ना काउन्टरपार्टीहरूबाट संकलन गरिने निक्षेप उपकरण नै निक्षेप संकलन उपकरण हो ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह