Logo

बैंक / बिमा /शेयर

दशैंमा नयाँ हैन सुकिला नोटः असोज १३ गतेदेखि साट्न पाइने


gdpnepal
   २६ भाद्र २०८१, बुधबार


काठमाडौं । यस वर्षको दशैंमा नयाँ नभै सुकिला नोट मात्र पाइने भएको छ । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने जनाएको छ ।

दसैं, तिहार र छठका लागि सर्वसाधरणले असोज १३ देखि सुकिला नोट साट्न पाउने राष्ट्र बैंकले बुधबार जारी गरेको नोट सटहीसम्बन्धी सूचनामा उल्लेख छ । जसअनुसार असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ । साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ ।

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको थियो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको जनाएको छ ।

डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

 

प्रकाशित : २६ भाद्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह