Logo

मुख्य समाचार

प्रहरीले माग्यो ६४ इन्सपेक्टर र २५६ असई


gdpnepal
   २८ भाद्र २०८१, शुक्रबार


काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा नयाँ भर्नाका लागि माग गरेको छ ।

प्रहरीको मानव स्रोत विकास विभागले प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि खुला ३५ सहित कूल ६४ पदका लागि  र प्रहरी सहायक निरीक्षकका लागि खुला १३८ सहित २५६ दरबन्दीमा भर्ना आह्वान गरेको हो ।

समावेशी तर्फ अमर प्रहरी परिवार, महिला, आदिवासी, जनजाति , मधेशी, दलित र पिछडिएको क्षेत्रका लागि सिट निर्धारण गरिएको छ ।

प्रहरी निरीक्षकका लागि स्नातक उत्तीर्ण गरी २० वर्ष पूरा भइ २५ वर्ष ननाघेको र सहायक प्रहरी निरीक्षकका लागि १८ वर्ष पूरा भई  २४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

दुवै पदका लागि असोज ३० गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । 

 

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह