काठमाडौं । चितवनका दुग्ध किसानले मूल्य बढाउने खबरसँगै देशैभर दूधको मूल्य बढाउन दबाब परेको छ । स्थानीय किसानको दबाबपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
मूल्य बढाइएको सूचना १–२ दिनमै घोषणा हुने जनाइएको छ । किसानलगायतका सरोकारवालाको लागत बढेको भन्दै मूल्य बढाउन लागिएको छ । दाना, चोक्कर, औषधि, प्राविधिक सेवालगायत सबैको मूल्य बढेको जनाइएको छ ।
डीडीसीले दूधको गुणस्तर राम्रो भएको भन्दै दिदै आएको अतिरिक्त अनुदान पुन दिनुपर्ने, विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिनुपर्ने, दुग्ध उत्पादक सहकारीलाई कर छुटको व्यवस्था गर्नुपर्ने लगायतका माग सहित आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।
भारतबाट हाल पाउडर दूध आयात रोकिए पनि कच्चा दूध भने ल्याउन दिइएको छ । यसबाट देशैभरका किसान समस्यामा छन् । किसानले उचित मूल्य पाउन सकेका छैनन् ।
प्रतिक्रिया