Logo

अर्थनीति

काठमाडौंमा पेट्रोल १५९ र डिजेल १४९ रूपैयाँमै पाइने, मूल्य ४ रूपैयाँ घट्यो


gdpnepal
   ३० भाद्र २०८१, आइतबार


काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइतबार राति १२ बजे पछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । 

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको छ ।

अब काठमाडौंमा पेट्रोल लिटरको १५९ रुपैयाँमै पाइनेछ । पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँ घटेको छ । 

भारतबाट इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछी निगमले आन्तरिक बजारमा घटाएको जानकारी दिएको छ ।

मूल्य घटेसङ्गै पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६ रुपैयाँ कायम भएको छ । यस्तै दोस्रो वर्गमा १५८ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ । 

यसअघि पहिलो वर्गमा १६०, दोस्रो वर्गमा १६२ र तेस्रो वर्गमा १६३ रुपैयाँ थियो ।

यस्तै डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेपछी १४६ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गमा १४८ र तेस्रो वर्गमा १४९ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह