काठमाडौँ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ६.३८ प्रतिशत कायम भएको छ ।
असोजका लागि १० बैंकको ब्याजदर घटेको छ भने ८ बैंकहरुले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै, २ बैंकले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा नेपाल बैंक र कृषि विकास बैंकले रहेका छन् ।
प्रतिक्रिया