काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा २० वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । साउन मसान्तसम्ममा ग्लोबल बैंकले ८९ करोड २४ लाख रुपैयाँ बढी नाफा कमाएको छ ।
यस्तै, दोस्रो स्थानमा नबिल बैंक रहेको छ । यस बैंकले ८० करोड ३३ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ । तेस्रो स्थानमा परेको कृषि विकास बैंकले ७१ करोड २० लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।
प्रतिक्रिया