Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त


GDP नेपाल
   १ आश्विन २०८१, मंगलबार


काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

रेग्मी असोज १ गतेदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । 

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले विसं. २०८० चैत १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसँग बैंकिङलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभवसमेत रहेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : १ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह