Logo

अर्थनीति

दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन


GDP नेपाल
   १ आश्विन २०८१, मंगलबार


काठमाडौं । सरकारले दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा उक्त रकम संकलन गरेको हो ।

सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो ।

चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो । साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्ब भन्दा बढी राजस्व संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : १ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह