काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४ अंकले घटेर दुई हजार ५७६.७६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, अन्य १२, उत्पादन ५७, माइक्रोफाइनान्स ५३ र ब्यापार उपसमूह २० अंकले घटेको छ । त्यस्तै, बैंकिङ ११ र निर्जीवन बीमा उपसमूह २० अंकले बढेको छ ।
आज सबैभन्दा धेरै जनउत्थान सामूदमयीक लघुवित्तको सेयर ७.६७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज कालका लघुवित्तको सेयर ८ प्रतिशतले बढेको छ ।
यस दिन ३२० कम्पनीको एक करोड ३९ लाख कित्ता सेयर ५ अर्ब ६६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया