Logo

बैंक / बिमा /शेयर

दोहोरो अंकले बढ्यो सेयर बजार, ५ अर्बको कारोबार


GDP नेपाल
   ६ आश्विन २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ११.५८ अंकले बढेर दुई हजार ५८८.३५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १४, विकास बैंक ३३, हाइड्रोपावर १०,
जीवन बीमा ३०, अन्य ८, ब्यापार २, र निर्जीवन बीमा उपसमूह ६२ अंकले बढेको छ ।
त्यस्तै, आज फाइनान्स ५, होटल तथा पर्यटन ३९, उत्पादन १३ र माइक्रोफाइनान्स उपसमूह ९ अंकले घटेको छ ।


आज सबैभन्दा धेरै इस्टर्न हाइड्रापावर, आत्मनिर्भर लघुवित्त र अपर स्याङ्गे हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज रावा इनर्जी डेभलपमेन्टको सेयर साढे ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।
 


यस दिन ३२५ कम्पनीको एक करोड २४ लाख कित्ता सेयर ५ अर्ब ९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह