Logo

मुख्य समाचार

सहकारी छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन


GDP नेपाल
   ६ आश्विन २०८१, आइतबार


काठमाडौं । गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

आइतबार छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए ।

मन्त्रिपरिषद्बाट निर्णय भएर आएको सुझाव कार्यान्वयनमा लैजान गृहमन्त्री रमेश लेखकले मन्त्रालयका उच्च अधिकारी र प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह