Logo

कृषि / सहकारी

पूर्वडीआईजी जोशीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति


GDP नेपाल
   ७ आश्विन २०८१, सोमबार


काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जोशीलाई प्रहरीले आइतबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो।

पोखरा महानगरपालिका–४ नालाकोमुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्थाको रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ठगी गरेको आरोपमा प्रहरीले जोशीलाई पक्राउ गरेको हो।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह