काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बुधबार एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडिबीले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने चालु आर्थिक वर्ष २०८१र८२ मा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
यस्तै, एडीबीले गत आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत भएको जनाएको छ ।
यसका साथै, चालु आवमा नेपालको मूल्यवृद्धि दर ५.५ प्रतिशत रहने एडीबीको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले भने मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया