काठमाडौँ । चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित १७ जनालाई प्रतिवादी बनाई चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
सहकारीको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।
प्रहरीले जिबीसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।
प्रतिक्रिया